देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढकाल र प्रधानमा को बलियो ?

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते तय भएको छ । साधारण सभा तथा निर्वाचनका लागि जम्मा ४ दिन बाँकी छ । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । बिचमा पटकपटक मिति तोकिए पनि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । तर यसपटक भने महासंघको निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकोले शेखर गोल्छा आगामी अध्यक्ष हुँदैछन् । तर महासंघमा वरिष्ठ उपाध्यक्षको दौड भने आम चासो र कौतुहुलताको विषय रहने गरेको छ । वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरु प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन् । यस अघिको महासंघको कार्यसमितीमा निर्विरोध सर्वसहमतीमा निर्वाचित उपाध्यक्ष, प्रतिष्ठित व्यवसायी चन्द्रप्रसाद ढकालसँगै अर्का उपाध्यक्ष किशोर प्रधान पनि वरिष्ठ उपाध्यक्षको दौडमा छन् । प्रधानले यसअघि पनि वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिएका थिए तर शेखर गोल्छासँग पराजित भएका थिए । ढकाल समूहको समर्थनमा धेरै जिल्ला नगर अध्यक्षहरु रहेका छन् । सतहत्तरै जिल्लामा व्यवसायिक नेटवर्क भएका ढकाल निर्वाचन आफ्नो पक्षमा आउनेमा विश्वस्त छन् भने धेरैजसो पूर्व अध्यक्षहरुको समर्थन आफूलाई भएकोले प्रधान आफू विजयी बन्नेमा आश्वस्त भएको बुझिन्छ । प्रधानलाई वर्तमान अध्यक्ष भवानी राणा, कुशकुमार जोशी लगायतको समर्थन रहेको छ भने ढकाललाई चण्डी ढकाल, सुरज बैध लगायतको समर्थन रहेको छ । पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ र विनोद चौधरी भने तटस्थ देखिएका छन् ।

तर उपाध्यक्ष भएदेखि नै महासंघका कार्यक्रमहरुमा नेपालभर निरन्तर पुगेका छन् ढकाल । देशै भरिका व्यवसायिहरुसँग निरन्तर सम्पर्कमा रहने ढकाल अहिले पनि देशै भरिका व्यवसायि साथिहरुलाई भेटघाट गर्न सक्रिय छन् । सबै क्षेत्रका व्यवसायीले आफ्नो साझा उमेद्वारका रुपमा उनलाई हेरेका छन् । उनको नारा नै ‘समृद्धिको आधारः राज्य–निजी क्षेत्र साझेदार’ रहेको छ । निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध हुन सम्भव नहुने उनको धारणा छ । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति नै दुत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । नयाँ नेतृत्वले लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने तथा राज्यका लागि थिंक ट्यांकको भूमिका निर्वाह गर्ने बताउदै आएका छन् ढकालले ।

महासंघको नेतृत्व गर्न स्टेकहोल्डर चाहिने र त्यसका लागि एक मात्र विकल्प चन्द्र ढकाल रहेको जिल्ला नगरका अध्यक्षहरुको मत रहेको पाइन्छ । तर अन्य पदहरुमा भने मिश्रित परिणाम आउने आकलन गरिएको छ । ढकाललाई जिताउन महासंघको गण्डकी प्रदेश कमिटिले समिति नै बनाएर चुनाव प्रचारप्रसार गरिरहेको छ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल सर्वसम्मत चयन भैसकेका छन् । उनिहरु दुबैजना ढकाल प्यानलबाट हुन् ।

नीजि क्षेत्रको सर्वोच्च संस्था ‘नेपाल उद्योग वाणिज्य महासंघ’का उपाध्यक्षको रुपमा उनी सर्वसम्मत आएका हुन् । महासंघको उपाध्यक्षका रुपमा खेलेको उनको भूमिकालाई देशका उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले सराहना गरेका छन् । महासंघका तर्फबाट कोभिड–१९ ले नेपालको उद्योग, व्यवसायमा के असर पा¥यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउन देशैभरिका उद्योगी व्यवसायीबीच नियमित अन्तक्र्रिया गरिरहेका छन् ढकाल । एउटा सबल र सक्षम नेतृत्वले नै सशक्त र बलियो महासंघ निर्माणमा सघाउ पुग्छ भन्ने उनको विश्वास रहेको छ । महासंघलाई निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा समावेशी तवरले अगाडि बढाउन उनि प्रतिबद्ध छन् । सधैं व्यवसायिका हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले देशैभरीका व्यवसायीहरुले उनलाई नेतृत्वमा आउन आग्रह गरिरहेका छन् । प्रारम्भिक रुपमा हेर्दा जिल्ला नगरतर्फ करिब ८० देखी ९० प्रतिशत, बस्तुगत तर्फ ७० प्रतिशत साथै यसअघि एसोसिएटमा निर्विरोध, सर्वसम्मत र लोकप्रिय मत हाँसिल गरेका ढकालले अत्याधिक मत ल्याउने जानकारहरु बताउछन् ।