देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ आज झण्डै साढे ३ हजार रुपैयाँले घट्यो

देशान्तर

काठमाण्डौ । सुनको भाउ आज एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना विरुद्धको खोपमा सफलता मिल्नुले सुनचाँदीको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

कोभिड १९ विरुद्धको खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घट्न थालेको हो । अब तत्काल सुनको भाउ बढ्ने सम्भावना नरहेको महासङ्घले जनाएको छ ।