देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबल आईएमई बैंकको दुई नयाँ शाखारहित सेवा विस्तार

देशान्तर

काठमाडौं । ग्लोबल आईएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्‍चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२९ पुगेको छ ।

बैंकले रोल्पाको गंगादेव गाउँपालिका ७, ताप्ला बजारमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधि कमला ओली र सिराहाको कल्याणपुर गाउँपालिका ६, कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधि किरणकुमारी साहलाई नियुक्त गरेको जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्‍न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्‍याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायत सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्न टाढा(टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ग्लोबल आईएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।