देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंकले नगद र बोनससहित ११ प्रतिशत लाभांश दिने

देशान्तर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष ०७६र७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ३।३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनी वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

बैंकले लाभांश घोषणा गरेसँगै वाणिज्य बैंकहरुमा गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने चौथो बैंक बनेको छ । यसअघि माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सानिमा बैंकले लाभांश घोषणा गरेका थिए ।