देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको नेप्से : १५ सय ७१ बिन्दुमा, ११ अर्ब ४१ करोडको सेयर कारोवार

देशान्तर

काठमाडौं । यो साता नेप्से १५ सय ७१ दसमलव चार अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय १० दसमलव १५ अंकमा पुगेको छ । नेप्सेमा यो साता एक सय ९८ वटा कम्पनीहरुको एक लाख ८९ हजार नौ सय ५१ पटकको कारोवारमा पाँच करोड २२ लाख २५ हजार तीन सय ३३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार छ सय ८५ रुपैयाँ पुगेको छ ।

गत साता भने भने नेप्सेमा एक सय ९९ वटा कम्पनीहरुको दुई लाख ६१ हजार आठ सय ४९ पटकको कारोवारमा चार करोड चार लाख ७९ हजार चार सय ९८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार दुई सय २३ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा पहिलो र पाँचौं दिन बढेको थियो भने दोस्रो, तेस्रो र चौंथो दिन नेप्से घटेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से चार अंकले उकालो लागेर १५ सय ६५ दसमलव ५५ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव नौ अंकले बढेर तीन सय १० दसमलव ४७ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से चार दसमलव ७३ अंकले घटेर १५ सय ६० दसमलव ८३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ८७ अंकले घटेर तीन सय नौ दसमलव ६० अंकमा पुगेको थियो ।

तेस्रो दिन पनि नेप्से सात दसमलव २१ अंकले घटेर १५ सय ५३ दसमलव ६२ अंकमा पुगेकोमा सेन्सिटिभ पनि एक दसमलव ७९ अंकले घटेर तीन सय सात दसमलव ८२ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से तीन दसमलव १९ अंकले घटेर १५ सय ५० दसमलव ४३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ६४ अंकले घटेर तीन सय सात दसमलव १७ अंकमा पुगेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से २० दसमलव ६१ अंकले बढेर १५ सय ७१ दसमलव चार अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दसमलव ९८ अंकले बढेर तीन सय १० दसमलव १५ अंकमा पुगेको थियो । यो साता नेपाल पुर्नबीमा कम्पनी, नेपाल बैंक आदिको पनि बढी रकम कारोवार भएकाछन भने सेयर कारोवार भएको संख्याका आधारमा भने यो साता नेपाल बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेकाछन् । सेयर सुचीकरणतर्फ भने यो साता मिर्मिरे लघुबित्त बित्तीय संस्था आदिको सेयर सुचीकृत भएकाछन् ।