देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहुलियत पसल आजदेखि सञ्चालनमा

देशान्तर


चाडबाडलाई लक्ष्य गरी सरकारले आजदेखि खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परम्परालाई निरन्तरता दिँदै छठको भोलिपल्टसम्म यस्ता पसल सञ्चालन गर्न लागेको हो ।

उपत्यका र बाहिर गरी ६५ भन्दा बढी सरकारी आउटलेटरबिक्री केन्द्रबाट छुट दिइने मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । ‘उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनका ११ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ५ आउटलेटरबिक्री केन्द्र छन् ।

उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा यस्ता पसल सञ्चालन हुनेछन् ।

खाद्य र साल्टसँगै दुग्ध विकास संस्थान (डीडीसी) ले पनि आफ्ना बिक्री केन्द्रबाट छुट दिने जनाइएको छ ।

डीडीसीले लैनचौर, न्युरोड र खुमलटारबाट छुट दिनेछ । आउटलेटबाट नुन, चिनी, घिउ, चामल, दाल, फापर, केराउ, सिमी र खसीबोकामा छुट दिइनेछ । विगतमा यी तीन संस्थानसँगै निजी क्षेत्रले पनि रामशाह पथमा एकीकृत सहुलियत पसल सञ्चालन गर्दै आएको थियो ।

यस वर्ष कोरोनाका कारण बढी भीड हुने आकलनले एकीकृत सहुलियत पसल नराखिने भएको हो । आउटलेटमा यी निकायले बिक्री गर्ने सबै वस्तु पाइने मन्त्रालयले जनाएको छ ।