देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज साँझ ५ बजे मन्त्रीपरषद्को बैठक बस्दै

देशान्तर

काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । आजको मन्त्रिपरिषद् बैठकले केहि महत्वपूर्ण निर्णय गर्दैछ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।

त्यस्तै आजको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा निर्णय लिइने संभावना रहेको एक मन्त्रिले बताएका छन् ।