देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । गण्डकी प्रदेशमा आइतबार बिहान मात्र ६५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्। योसँगै गण्डकीमा हालसम्म दुई हजार ९सय ६८ जनामा कोरोना पुष्टि भएको छ .

गण्डकी प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो। ती मध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको ब्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक, गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो।

त्यसैगरी प्रदेशमा ५६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय केश एक हजार १८ रहेको छ। आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन्। गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कोरण मृत्यु भएको छ।