देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सवारीसाधनको ढोकामा अनिवार्य स्यानिटाइजर गर्नुपर्ने’

देशान्तर

ललितपुर । ललितपुर जिल्ला गाउँपालिका अध्यक्ष फोरमको बैठकले कोञ्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिका प्रवेश गर्ने हरेक सवारीसाधनको ढोकामा अनिवार्यरुपमा स्याटिनाइजरको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

दक्षिण ललितपुरका तीन गाउँपालिकाका अध्यक्ष सम्मिलित कोञ्ज्योसोममा आज बसेको चौँथो बैठकले दिनानुदिन कोरोना महामारी सङ्क्रमण बढ्दै गएको अवस्थालाई विचार गरेर उक्त निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

विज्ञप्तिमा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिका प्रवेश क्षेत्र विर्खेधारा, शङ्खु सडकखण्डको भैरव गण अगाडि र नल्लु भञ्ज्याङमा दुवै गाउँपालिकाको साझेदारीमा सिसि टिभी क्यामरा जडान गर्ने निर्णय गरेको उल्लेख छ ।

फोरमले तीन वटै गाउँपालिका क्षेत्रभित्र शुक्रबारदेखि लागु हुने गरी सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दूरी कायम गर्ने, यात्रु र सवारी चालकले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, खाद्यान्नलगायत अन्य पसलको हकमा भौतिक दूरी कायम गरी बिहान ६:०० देखि बेलुका ७:०० बजेसम्म सञ्चालन गर्न दिने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।