देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं – बिहीबार काठमाडौं उपत्यकाम ५७२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

यो सहित उपत्यकामा कोराा संक्रमितको संख्या १० हजार १२ पुगेको छ। काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्।

कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। २४ घण्टा १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ।