देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारीद्धारा विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

देशान्तर

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकीछन् । ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पाँचथरको आरूबोटेमा जन्मनुभएका ढकाल २०५० देखि २०५५ सालसम्म आरुबोटे माविमा स्थायी शिक्षक थिए । स्थायी जागिर छाडेर स्नातकोत्तर अध्ययनको लागि काठमाण्डौ आएका ढकालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकाछन् ।


उनले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । ढकालले अहिले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछन् । विज्ञ सल्लाहकार ढकालले सार्क विकास कोष, युरोपेली शान्ति संस्थालगायतका निकायमा काम गरिसकेका छन् ।