देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रातो मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत भदौ २९ गते

देशान्तर


काठमाडौ । रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ

सोमबार पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको हो ।

ज्योतिषी कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको बताए ।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङ्मती पु¥याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनको भनाई तछ ।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड(१९ महामारीका कारण रोकिएको थियो ।