देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज कतारबाट १ सय ४१ जना नेपाली स्वदेश फर्किए

देशान्तर

काठमाण्डौ – कतारबाट आज ३४ औं उडानमार्फत एक सय ४१ जना नेपाली स्वदेश फर्किएका छन् ।

कतारको दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानमार्फत नेपाल फर्किएका हुन् ।

कोभिड १९ का कारण असहज परिस्थितिमा परेका र तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यहाँ समस्यामा परेका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएका थिए । तिनैमध्येबाट प्राथमिकताको आधारमा नेपाल पठाइएको दूतावासले जनाएको छ ।