देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुद्धनगरमा एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत फेला

देशान्तर

काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डीएसपी दक्षबहादुर बस्नेतका अनुसार न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

सोमबार बिहान सवा ९ बजेतिर उनको शव भेटिएको डीएसपी बस्नेतले बताएका छन् ।

प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ।