देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा स्थायी कमिटी बैठक आउदो शुक्रबार बस्ने

देशान्तर

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) स्थायी कमिटीको आउदो शुक्रबार बस्ने भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बीच आज बालुवाटारमा भएको छलफलमा स्थायी समितिको मिति टुंगो लागेको हो । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

शीर्ष नेताहरूबीच विवाद चुलिएपछि स्थायी समिति बैठक साउन १३ गतेदेखि बस्न सकेको थिएन । महासचिव पौडेल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएसँगै चुलिएको विवाद मत्थर भएको छ । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमाथि १५ बुँदे असहमति राखेका छन् । स्थायी समिति बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।