देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रूसद्वारा निर्मित काेराेना खाेपकाे सकारात्मक प्रभाव

देशान्तर

एजेन्सी – रुसका वैज्ञानिकहरुले तयार गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भिक परीक्षणले देखाएको जनाएको छ । मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा प्रणाली विकास भएको र खोपको गम्भीर साइड इफेक्ट पनि नदेखिएको उल्लेख छ ।

रुसले स्थानीय स्तरमा खोपको प्रयोगका लागि अगस्टमा स्वीकृति दिएको थियो । अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनु पूर्व नै खोपको प्रयोगका लागि स्वीकृति दिने रुस विश्वको पहिलो देश हो ।रुसले हाल प्रारम्भिक परीक्षणको नतिजा सार्वजनिक गरेर आलोचकलाई जवाफ दिन खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको विकासको क्रममा सबै प्रक्रिया पूरा गरेको र आफ्नी छोरीले समेत खोप लगाएको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन् । यस्तै अरु १ सय ४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ ।