देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा ३२६ सहित उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिए

देशान्तर


काठमाडौं । उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका ३२६ , ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। संक्रमितमध्ये २७ हजार १२७ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन्।