देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोरङमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौ । । बितेका २४ घण्टाभित्र मोरङमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुई महिला र एक पुरुष संक्रमितको मृत्यु भएको हो। विराटनगरस्थित कोशी अस्पताल, कोशी कोभिड १९ उपचार केन्द्र र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ती संक्रमितको मृत्यु भएको हो । मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूष ९कोशी अस्पतालको आइसोलेसनबाट रिफर गरिएका० ​को शनिबार विहान ११ बजे मृत्यु भएको हो। ज्वरो आउने र स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको कोशी कोशी कोभिड १९ उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले जनाकारी दिए।

त्यसैगरी, कोशी अस्पतालमा विराटनगर ४ कि ६४ वर्षीया महिलाको मृत्यु भएको छ। ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल लगिएको थियो। कोरोना संक्रमण आशङ्कामा स्वाब संकलन गरी आइसोलेसनमा राखी उपचार भैरहेकोमा साँझ सवा सात बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए।

उता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ कि ४३ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको छ। पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको साझ ६ बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ। मृतकमा बुधबार कोरोना पुष्टि भएपछि न्यूरोले बिहीबार प्रतिष्ठानमा रेफर गरेको थियो।