देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक बाबु कृष्ण परियारको तीज गीत ‘बैनी बरीलै’ सार्वजनिक ( भिडियोसहित )

देशान्तर

काठमाडौं । लोकदोहोरी गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको ‘बैनी बरीलै’ बोलको तिज गीत सार्वजनिक भएको छ। यस वर्षको तिजलाई लक्षित गर्दै बैनी बरीलै सार्वजनिक भएको हो ।

चार्डपर्वमा माईत आउन नपाएका चेली र उनीहरुलाई पर्खिएका माईतीको व्यथा समेटिएर तीज गीत ‘बैनी बरीलै’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको गायक कृष्ण परियार बताउछन । ‘बैनी बरीलै’ बाबु कृष्ण परियारको अफिसियल युवटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।

वन डीबी एचडी स्टुडियोमा रेकर्ड गरिएको गीतको शब्द सरोज आचार्य, गायक परियारको लय, एरेन्जर सुनिल परियार, रेकर्डिङ गोविन्द पराजुली र मिक्सिङ एचबिएन किस्मतले गरेका छन् ।

तीजमा माईत आउन नपाएका चेलीहरूलाई पर्खिएका माईतीको व्यथामा समर्पित भिडियोमा बागलुङका कलाकार तथा निर्देशक देवेन्द्र बल्लु, रोशनी कार्की, विशाल घिमिरे, श्याम मल्ल र खेम बाले अभिनय, सम्पादन प्रविण भट्ट छायांकन करण चैसिर र देवेन्द्र बल्लुको निर्देशन रहेको छ ।