देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालका चार जिल्ला कोरोना मुक्त

देशान्तर

काठमाडौं । नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिए पनि पछिल्लो समयमा चार जिल्ला कोरोना मुक्त भएका छन् । प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु जिल्ला कारोना मुक्त भएका छन् । यसैगरी कर्णाली प्रदेशको हुम्ला जिल्ला पनि कोरोना मुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कर्णाली प्रदेशमा कारोना निको हुनेहरुको संख्या पनि द्रुत रुपमा बढीरहेको छ । उनले कर्णाली प्रदेशका आइसोलेशन वार्डहरु रित्तिदै गएको बताए । हालसम्म कर्णाली प्रदेशका एक हजार २ सय ३१ जना कोरोना मुक्ता भइसकेका छन् । हाल कर्णाली प्रदेशमा करिब एक हजार जति मात्रै अब आइशोलेशनमा रहेका छन् ।

यसैगरी कर्णाली प्रदेशमा कोरोना संक्रमणको इपिसेन्टर मानिएको दैलेखमा पनि कोरोना निको हुनेहरुको संख्या वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म दैलेखका ७ सय ३ जनाले कोरोनालाई जितिसकेका छन् ।