देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि

देशान्तर

धनगढी । सुदूरपश्चिममा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (मंगलबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कैलालीका १७ र अछामका ५ जनामा कोरोना संक्रमण देखिएको हो।

यससँगै धनगढीस्थित प्रयोगशालामा कोरोना पोजेटिभ हुनेको संख्या एक हजार सात पुगेको छ। पछिल्लो २४ घन्टामा २०९ जनामा कोरोना परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।