देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गंगालालका सात जना बिरामीमा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

देशान्तर

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएसँगै आजबाट केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको जानकारी र्दिए ।