देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अरनिको राजमार्गको जलवीरे सडकखण्ड अवरुद्ध

देशान्तर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो ।

जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो । उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र पर्नुपरेको सवारी चालक खेम प्रसाईँले बताएका छन् ।

आज रातिको भीषण वर्षाका कारण पहिरो गएको स्थानीयवासी बताउँछन् । पहिरोमा लेदो बगेर बाटो अवरुद्ध भएको हो ।