देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्युठानमा एकैपटक ३७ जनाले कोरोना जिते

देशान्तर

प्यूठान । प्युठानमा एकैपटक ३७ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोरोना जितेर फर्किएका मध्ये प्यूठान नगरपालिकाका २८ जना, माण्डवी गाउँपालिकाका ८ जना र ऐरावती गाउँपालिकाका १ जना रहेको कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए ।

दोस्रो परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको हो । पछिल्लो समय जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गइरहेको र निको हुनेको संख्या बढ्दै गएको छ । प्यूठानमा हालसम्म जम्मा ३ सय २७ जना कोरोना संक्रमित मध्ये १ सय २० जना निको भएर घर फर्कीसकेका छन् ।