देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्ञानेन्द्र शाहले आज ७४ औं जन्मदिन नमनाउने

देशान्तर

पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७४ औं जन्मदिन नमनाउने भएका छन् । देशभर कोरोना भाइरस संक्रमण बढिरहेका अवस्थामा उनले जन्मदिन नमनाउने भएका हुन् । तर घर–परिवारमा सामान्य कार्यक्रम गरी मनाउने तयारी छ ।

मुलुक कोरोना संक्रमणबाट आक्रान्त परेको अवस्थामा जनता भेला गरेर जन्मदिन मनाउनु उचित नभएकाले ज्ञानेन्द्रले यो वर्षको जन्मदिन मनाउने कार्यक्रम रद्द गरेको सचिवालयले जनाएको छ । यसअघि ज्ञानेन्द्रले निर्मल निवासमा जन्मदिन मनाउँदा सयौं मानिसको भिड लाग्ने गरेको थियो ।