देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरी १८० जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये ५३ जना काठमाडौं उपत्यकामा थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंका २३, ललितपुरका २० र भक्तपुरका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या १५९६४ पुगेको छ । पछिल्लो चौबिस घन्टामा देशका विभिन्न स्थानमा गरी ४ हजार ७ सय २१ वटा नमूना परीक्षण गरिएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा २ सय ६४ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेहरुको कुल संख्या ६ हजार ८ सय ११ पुगेको छ । हाल ९ हजार १ सय १८ जना संक्रमितहरु देशका विभिन्न स्थानमा आइसोलेसनमा रहेको जनाइएको छ । हाल क्वारेन्टिनमा २१ हजार २ सय १५ जना रहेको मन्त्रालयले जनाएको छ ।