देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाकाे स्थायी समिति बैठक बुधबारसम्मलाई स्थगित

देशान्तर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।

बिहीबारदेखि रोकिएको बैठक असार २४ गते बुधबारसम्म स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्थायी कमिटी बैठक रोकिएपछि अहिले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।

केहीबेरपछि सुरु हुने बैठकमा दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोजी गरिने थापाले जानकारी दिए ।