देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक

देशान्तर

तीव्र गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै संक्रमित भएको मुलुक बनेको छ । भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा संक्रमित थपिएका छन् ।

अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ । भारतमा हालसम्म ६ लाख ९० हजार ३ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ ।

भारतमा पछिल्लो एक दिनमा मात्र करिब २५ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च रहनमो महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् ।

संक्रमण बढ्ने क्रमस‌ँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको संख्या एक लाख हाराहारीमा छ । उत्तर प्रदेशमा २६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म १९ हजार २ सय ६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् । यसैविच भारतमा कोरोना भाइरसबाट संक्रमितको हेरचाह गर्न हजार शैय्याको अस्पताल अर्थात् स्याहार गृह स्थापना गरिएको छ । राजधानी दिल्लीमा रहेको स्याहार गृहमा कोरोना पोजिटिभ भएका सामान्य लक्षणका बिरामीलाई पनि उपचार गरिने बताइएको छ ।

अस्पताल २० वटा फुटबल मैदानजत्रो क्षेत्रफलमा स्थापित फैलिएको छ । भाइरस संक्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना स्थगित गरिएको छ ।