देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रत्यौली खेल्ने संसद चाहिएन, सरकारले रोक्यो : मन्त्री अर्याल

देशान्तर

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसदको बारेमा गरेको टिप्पणी विवादमा परेको छ । राष्ट्रिय सहकारी महासङ्घले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले संसद रत्यौली खेल्ने थलो नभएको टिप्पणी गरेकी छन् ।

विजिनेस नभएको र रत्यौली खेल्ने थलो नभएकोले संसद अधिवेशन अन्त्य गरेको बताएकी छन् । उनले भनिन् ‘रत्यौली खेल्न संसद् चाहिएन, बिजनेस थिएन । सरकारले रोक्यो । कुनै कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक र यसको कहीं मेल थिएन । हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्‍यो बोलायौं । बजेट पास भयो । केही-केही विधेयकहरु थिए, त्यो विधेयकमाथी छलफल गर्नुपर्ने थियो । सहमति जुटेन ।’

पार्टीका बैठकमा नेताहरुबीचका असन्तुष्टि हरु पोखिनु स्वाभाविक भएको बताउदै मन्त्री अर्यालले छलफलबाट समस्या समधान हुने विश्वास व्यक्त गरेकी छन् बताएकी छन् । कार्यक्रममा उनले कोभिड–१९ को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र नै सहकारी भएको बताइन् ।

उनले भनिन्, “यो विषम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई तथ्याङ्क दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानूनमा संशोधन गर्न तयार छ ।” अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घरघरमा समृद्ध ल्याउन सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधनलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो औँल्याउँदै मन्त्री अर्यालले सहकारी अब एक क्षेत्रमा मात्र सीमित भएर नहुनेमा जोड दिए । “जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यसम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानूनी अड्चन फुकाइन्छ”, उनले भने ।