देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटेर फर्किए, मन्त्रीहरुसँग छलफल गर्दै

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर निवास बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग करिब एक घण्टा छलफल गरेका छन् ।

आफुविरुद्ध अर्का अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यले प्रचण्ड निवासमा भेला भएको थाहा पाएपछि प्रधानमन्त्री ओली सक्रिय भएको बुझिएको छ । दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटेका छन् ।

बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफल गर्ने बताइएको छ । यसका लागि मन्त्री तथा राज्यमन्त्रीहरु बालुवाटार बोलाइएको छ । यो बैठकलाई मन्त्रिपरिषदको बैठक हो या अन्य छलफल हो भन्ने खुलाइएको छैन ।

बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् । शनिबारका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक पनि आजै सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।

शनिबारनै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाको सचिवालयका ६ सदस्य उपस्थित भएर अनौपचारिक छलफल गरेका छन् । प्रचण्ड निवासमा भएको छलफलमा पार्टीको बैठक जारी रहेकाले पार्टीको निर्णय अनुसार नै अगाडी बढ्ने र पार्टी फुट्नबाट बचाउने प्रयास गर्ने निष्कर्ष निकालेको छ ।