देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिस्टहरुले दुई तिहाई पचाउन सकेनन् : वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको आन्तरिक शक्ति संघर्षमा कांग्रेसले सत्ताको दाउ हेर्न नहुने बताएका छन् ।

बागमती प्रदेश स्तरीय जुम मिटिङमा नेता पौडेलले कम्युनिष्टहरुमा समस्या सिर्जना गर्ने तर समाधान दिन नसक्ने संस्कार रहेको भन्दै उनीहरुको अप्ठ्यारोमा कांग्रसले दाउ हेर्न नहुने बताएका हुन् । कम्युनिस्टहरुले दुई तिहाई पचाउन नसकेको भन्दै कोरोना र सलहको असरका बेला प्रभावकारी रुपले काम गर्नुपर्नेमा जोड् दिए ।

कोरोनाको असरपछि विदेशबाट आएका, सहरबाट गाउँ पसेकालाई उद्यमशील बनाउन सरकारसँग भिजन नै नभएको उहाँको भनाई छ । यस्तै १४ औं महाधिवेशनबाट भिजनसहितको नेतृत्व स्थापित गर्न नसके कांग्रेसको काम नै नहुने उनको भनाई थियो । जनतालाई मनछुने कार्यक्रमसहित कांग्रेस अगाडि बढ्नुपर्नेमा पनि उनको जोड् थियो ।