देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा अलपत्र ६ जना नेपाली महिलाको उद्धार

देशान्तर

अर्घाखाँची । चार महिनादेखि भारतको दिल्लीमा अलपत्र रहेका ६ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ। शान्ति पुनर्स्थापना गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा ती महिलाको उद्दार गरेको हो।

उद्दार गरिनेमा मोरङका क्रमश ४०, ४०, ३२ र २७ वर्षीय महिला गरी ४ जना, झापा र पर्वत जिल्लाका २६ र ४१ वर्षीय एकरएकजना गरी ६ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

२०७६ साल फाल्गुन २९ गते निशुल्क कुवेत र इरान पठाउने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारतको दिल्ली कुरारी जोरदा भन्ने स्थानमा लगेर दलालहरूले यातना दिँदै ती महिलाहरूलाई राख्दै आएको खुलेको छ।