देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बझाङको केदारस्यूँमा पहिरोले पुरिएका दुई जनाको शव भेटियो

देशान्तर

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरोले पुरिएका चार परिवारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ । शव फेला परेकामा बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठाराकी सात वर्षीया छोरी अस्मिता र ११ वर्षिय छोरा प्रयाग जेठार रहेको प्रहरीले जनाएको छ ।

घटनामा १८ घर पहिरोले बगाएको छ । गएराती अबिरल बर्षा संगै गाउँको माथीबाट पहिरो गएको हो । सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अबस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अवस्थामा राखिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमल राजभण्डारीले बताए । बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली गइसकेको जानकारी दिए ।