देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अछाममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

अछाम । अछाममा थप ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन। ९ जना नयाँ कोरोना संक्रमित भेटिएसँगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। जिल्लाको मेल्लेख गाउँपालिकाका ८ जना र मंगलसेन नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको हो।

सुर्खेत प्रयोगशालामा पिसिआर जाँचका क्रममा नयाँ ९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए। यस अघि सोमवार चौरपाटि गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको थियो।