देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप १८ जना डिस्चार्ज

देशान्तर

मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप १८ जना डिस्चार्ज भएका छन् । झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना कोरोनामुक्त भएका हुन् ।

उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए। उनका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भएका छन् ।

हिजो प्रदेश १ मा १ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत छन् ।