देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

पर्वत । पर्वत जिल्लामा थप पाँचजनामा कोरोना भाइस संक्रमण देखिएको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

पर्वतको फलेवासका दुई र महाशीला गाउँपालिकाका तीनजना गरी पाँचजनामा कोरोना पुष्टि भएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए । संक्रमित सबै पुरुष हुन्।

संक्रमण पुष्टि भएका ५ जना कुस्मामा रहेको पुलिङ्ग क्वारेन्टाइनमा रहेका थिए । उनीहरु सबै भारतका विभिन्न ठाउँबाट आएका हुन् ।