देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिए

देशान्तर

गण्डकी प्रदेशमा आज कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् ।  स्याङ्जा र पर्वतका पाँच–पाँच जना संक्रमित थपिएका हुन ।

स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । पर्वतमा पनि एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् ।
फलेबास नगरपालिकाका २ र महाशिला गाउँपालिकाका ३ गरी ५ संक्रमित भेटिएका हुन् । संक्रमित पाँचै जना सदरमुकाम कुस्माको क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमण पुष्टि हुनेमा फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुष छन । संक्रमित दशै जनालाई जिल्लास्थित आइसोलेसनमा पठाइएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।