देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ लाई तिब्बत सरकारले दियो पौने ८ करोडको स्वास्थ्य सामग्री

देशान्तर

प्रदेश नम्बर १ लाई चीन स्वशासित तिब्बत सरकारले करिब पौने ८ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीसँग जुध्न तिब्बतले प्रदेश सरकारलाई सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो । चीनले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स(रे पोर्टेबल मेसिन १ थान रहेको छ।

यसैगरी आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार, पीपीई पाँच हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आईआर थर्मोमिटर दुई सय थान, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, ह्यान्ड सेनिटाइजर पाँच सय मिलिलिटर छ।
उपलब्ध भएका स्वास्थ्य सामग्रीहरूले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए ।