देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीमा थप ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर

सुर्खेत । कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य सेवा महाशाखाले प्रेस विज्ञप्तिमार्फत सोमबार ७५ जनामा काेराेना सङ्क्रमण पाइएकाे जनाएकाे हाे ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १७ जना, सल्यानका १० जना र सुर्खेतका पाँच जनालाई कोरोना सङ्क्रमण देखिएको हो । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दैलेखका २२ जना र जुम्लाका १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

जुम्लामा दुई जना सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९८ पुगेको छ ।