देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा कोरोना संक्रमितको संख्या १६१५ पुग्यो

देशान्तर

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा १ हजार ६ सय १५ पुगेको छ । आज विहान ४८ जना नयाँ विरामी थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार दैलेखमा दुई महिलासहित २४ जनामा तथा जुम्लामा १९ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
यसको आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नै दिनेछ । तर प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा १६ सय १५ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हिजोमात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो । अहिले १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टीनमा र १ हजार ३ सय ४४ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ ।
२ सय २० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । ८ जनाको भने ज्यान गएको छ । अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर र १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।