देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पटेल हत्याको अनुसन्धान उनकै नातेदार ऋषिकेशतिर सोझियो

देशान्तर

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नं. २५ मौजे टोल बस्ने ऋषीकेश पटेलमाथि कर्तव्य ज्यान मुद्दाको अभियोगमा अनुसन्धान शुरु गरेको छ ।

बैशाख ८ गते बिहान श्रीसियाको पश्चिम नगर विस्तारको जग्गा नजिकै सोही ठाउँ बस्ने देवनाथ राउत कुर्मीको छोरा रबी कुमार पटेलको हत्या गरी शव फालिएको अवस्थामा बिहान गाउँलेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक रबी कुमार पटेल हाल हिरासतमा रहेका ऋषीकेश पटेलको मामाको छोरा भएको र मामा देवनाथ राउतले जग्गा बिक्री गरेर ८० लाख रुपैया राखेको जानकारी पाएपछि ऋषीकेशले रबीलाई आफ्नो बुवासँग बिजनेस गर्न पैसा माग्न उकासी रहेका थिए ।

ऋषीकेशकै भनाईमा लागेर रबीले कतिपय मान्छेलाई व्याजमा ऋण समेत लगानी गरेका थिए । पछिल्लो समयमा ऋषीकेशले रबीलाई रक्सी खुवाउने र सधै बाउसँँग पैसा माग्न उक्साइरहेको कारणले रबीको घरमा तनावसमेत उत्पन्न भएको थियो ।

बैशाख ७ गते बेलुका गाउँकै महेशको होटेलबाट रक्सी खरिद गरेर दुवै जना सँगै खाए । फेरि सोही राती घरमा रहेको रबीलाई ८ बजे राती फोन गरेर ऋषीकेशले बोलाएर अवधेशको पसलबाट लोकल रक्सी खरिद गरेर सँगै खाएको तथ्य प्रहरीले फेला पारेको बताइन्छ ।

रबीको मृत्यु भएको केही दिनपछि प्रहरीले ऋषीकेशलाई समातेर सार्वजनिक मुद्दा लगाएर हिरासतमा राख्यो । पछि अनुसन्धान गर्दै जाँदा विवादास्पद छवि भएका ऋषीकेशको आफ्नै भाई पर्ने रबीको हत्याको अभियोगमा पर्सा प्रहरीले पुनः अनुसन्धान अगाडि बढाएको पर्सा क्राइम ब्रान्चका प्रहरी निरिक्षक रविभुषण यादवले जानकारी दिए ।
्े