देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गएको २४ घण्टामा २५७५ जनाको पिसिआर परीक्षण

देशान्तर

काठमाडौं । करीब पाँच महिनामा सरकारले साढे एक लाख बढी मानिसको कोरोना परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करीब पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ७ सय ८४ जनाको कोरोना परीक्षण गरेको हो। जसमध्ये ६६ हजार ७ सय २९ जनाको पिसिआर र १ लाख ७ हजार ५५ जनाको आरडिटिबाट परीक्षण गरेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए। गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ।

शनिबार १ सय ८९ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय २८ पुरुष र १ सय १३ जना महिला छन्। हालसम्म १ सय ७२ जना डिस्जार्च भएका छन् भने ६ जनाको मृत्यु भएको छ। मुलुकभर हाल १ हजार १ सय ७६ जना अस्पतालको आईसोलेसनमा वार्डमा रहेको मन्त्रालयले जनाएको छ।