देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाङका कारागारमा उच्च सतर्कता

देशान्तर

कोरोना सङ्क्रमणको जोखिम कम गर्न दाङको घोराहीमा रहेको कारागारमा उच्च सतर्कता अपनाइएको छ ।

कारागारमा थपिने कैदीबन्दीलाई क्वारेन्टिनमा राखेर मात्रै लैजाने गरिएको तथा भेटघाटमा रोक लगाइएको छ । घोराही कारागारमा पाँच जना अट्ने क्वारेन्टिन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेयले जानकारी दिनुभयो ।

बन्दाबन्दी शुरु भएपछि कारागारमा तीन कैदीबन्दी थपिएका छन् ।

उनीहरुलाई कारागारकै क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

घोराही कारागारमा २८५ कैदीबन्दी छन् ।

यसैगरी तुलसीपुर कारागारमा पनि सतर्कता अपनाइएको जेलर युवराज परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारागारमा थपिने कैदीबन्दीलाई राख्नका लागि क्वारेन्टाइन निर्माण नगरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै राख्ने गरिएको छ । चार सय ६५ कैदीबन्दी रहेको कारागारमा ३२ महिला, ११ विदेशी र चार बालबालिका छन् ।