देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेको अवस्थामा ठूलो आकारको बजेट काम छैन : अर्थविद् डा. शर्मा

देशान्तर

काठमाडौं, १३ जेठ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एबं अर्थविद् डा. शंकर शर्माले सरकारले आर्थिक क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन् ।

कोरोना भाइरसको महामारीकाबीचमा सरकारले उद्योग धन्दाहरु चलाउने भने पनि यसतर्फ आवश्यक समन्वय गर्न नसक्दा यसको असर उद्योग क्षेत्रमा परेको बताए ।

रेडियो देशान्तरको ‘देशान्तर संवादमा कुरा गर्दै अर्थविद् शर्माले अहिलेको अवस्थामा नेपाली अर्थतन्त्र कमजोर बनेकाले यसको सुधारका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने सुझाव दिए ।

यसैगरी सरकारले ल्याउने बजेटको आकार बढाउन नहुने पनि अर्थविद् शर्मााको भनाई छ । बजेट खर्च हुने अवस्था नरहेकाले सरकारले ठूलो आकारको बजेट ल्याए आफैले गाली खाने पनि प्रष्ट पारे ।