देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेलपे र भाटभटेनी मनी ट्रान्सफरबीच आन्तरिक रेमिट्यान्स सहकार्य सम्बन्धी सम्झौता

देशान्तर

काठमाडौं । सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रवर्धन गर्नका लागि सहकार्य गरेको छ। उक्त सम्झौतामा भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ग्राहकहरुले सेलपे मोबाईल वा वेब एप्लीकेशनबाट सजिलै (बीएमटी)का आन्तरिक रेमिट्यान्स सेवाहरु प्रयोग गर्न सक्नेछन् । जसका लागि सेलपे एप्पमा रेमिट्यान्स बटनमा थिची आफुलाई चाहेको भाटभटेनी मनी ट्रान्सफर रेमिट्यान्स सेवा चयन गर्न सकिन्छ।

त्यसपछि आवश्यक विवरणहरू भरेर ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्ने बताइएको छ। यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एपमा एउटा युनिक आइडी पाउँछन्। त्यो युनिक आइडि प्रेषकले प्रापकलाई दिनु पर्नेछ।

प्रापकले देशैभरी रहेका विभिन्न भाटभटेनी मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयबाट युनिक आइडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरल रुपमा पैसा प्राप्त सक्ने बताइएको छ।