देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतबाट आउने तरकारी र फलफुलको कोरोना परीक्षण गर्न सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी तथा फलफुल कोरोना र विषादी परीक्षण नगरी आयात गर्न रोक लगाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको इजलाशले भारतीय तरकारी र फलफुल आयातमा रोक लगाउने निर्णय गरेको हो।

अधिवक्ता मणिराम उपाध्यायसहितले भारतमा कोरोनाको महामारी फैलिएको तर नेपालमा तरकारी र फलफुल निर्वाध रुमपा आयात भएकाले रोक्न अन्तरिम आदेशको माग गरेका थिए। भारतबाट भित्रने तरकारीमा न त कोरोना परिक्षण हुन्छ न त विषादी नै परीक्षण हुन्छ‚ त्यसैले यस्ता तरकारीको आयातमा तत्काल रोक लगाउनुपर्ने रिटमा जिकीर गरिएको थियो।

सर्वोच्चले सम्भव भएसम्म फलफुल तथा तरकारीको परीक्षण गर्ने व्यवस्था मिलाउन सर्वोच्चले भनेको छ। रिटमा आन्तरिक उत्पादन हुने तरकारीहरु कुहिएर बारीमा खेर गएको र कोरोनाको महामारी भएको समयमा अन्य देशबाट तरकारी ल्याउनु जोखिमयुक्त भएको रिटमा जिकीर गरिएको थियो।

सर्वोच्चले उपभोक्तासम्म पुर्‍याउनका लागि व्यवस्था गर्न पनि सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्चले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण र कोरोना परीक्षण भए नभएको बारेमा पनि अदालतलाई जानकारी गराउन यसअघि नै आदेश गरेको थियो। सरकार र निवेदन दुवै पक्षको बहसपछि सर्वोच्चले भारतीय तरकारी र फलफुलमा परीक्षणपछि मात्र भित्र्याउन आदेश दिएको हो।