देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइएमएस ग्रुपद्वारा सात हजार मास्क पत्रकार महासंघलाई हस्तान्तरण

देशान्तर

काठमाडौं । आइएमएस ग्रुपद्वारा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई सात हजार मास्क हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको कारण सारा विश्व संकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् । विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो, आईएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न पर्याप्त मात्रामा मास्क प्रदान गरेको आईएमएस ग्रुपले जनाएको छ ।

आइएमएस ग्रुपका एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।