देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या सय नाघ्यो

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १०१ पुगेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै कपिलवस्तु ८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ती व्यक्तिहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको बताएका छन् ।