देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकैदिन चार जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५८ पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा एकैदिन चार जनामा कोरोना संक्रमण पृष्टि भएको छ । पछिल्लो विवरणअनुसार वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आजै तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।

गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन् । आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।