देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ पुग्यो, भोजपुरमा भेटिए नयाँ संक्रमित

देशान्तर

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।

आज पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताए । उनका अनुसार ति सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ ।

ति पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि आजै दुई जनामा सङ्क्रमण देखिएको थियो । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो ।